पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो – उपभोक्तामा राहत र चिन्ता दुवै

पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो – उपभोक्तामा राहत र चिन्ता दुवै
काठमाडौ, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। सोमबार साँझ निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल सस्तो भएको छ भने डिजल र मट्टितेलको मूल्य बढेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएर १५९ रुपैयाँ कायम गरिएको छ। तर, डिजल र मट्टितेलको मूल्य भने दुई रुपैयाँले बढाइएको छ, जसअनुसार अब दुवैको मूल्य प्रतिलिटर १५० रुपैयाँ हुनेछ। यही मूल्य समायो...

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ वटा कन्सल्टेन्सीलाई कारबाही गर्यो

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ वटा कन्सल्टेन्सीलाई कारबाही गर्यो
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ वटा कन्सल्टेन्सीलाई कारबाही गरेको छ । आठ वटालाई जरिवानाको कारबाही गर्दा विभागले एउटालाई भने तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो । रिड एजुकेशन हब प्रालि, परसुट अब्रोड स्टडिज, इनोभा एजुकेशन कन्सल्टेन्सी प्रालि, स्योउराइ इन्टरनेशनल एजुकेशन प्रालिलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यसैगरी, प्यासन फाउण्डेशन प्रालि र काईट कन्सल्टे...

भारत विश्व टिम टेबलटेनिस च्याम्पियनशिप प्रतियोगिताका लागि छनोट

भारत विश्व टिम टेबलटेनिस च्याम्पियनशिप प्रतियोगिताका लागि छनोट
काठमाण्डौ – विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि भएको दक्षिण एशियाली छनोट प्रतियोगितामा पुरुष/महिला दुवैमा भारतीय टोली छानिएको छ । लैनचौरको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको राउन्ड रोबिन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएको हो । पुरुष र महिलामा ५–५ राष्ट्र सहभागी थिए । दुवैतर्फ भारतले नेपालसहित माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशलाई समान ३–० को नतिजामा हराएर ८ ...

बिमालेख सरल बनाउन आग्रह

बिमालेख सरल बनाउन आग्रह
ललितपुर, साउन १६ गते । बिमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने तथा बिमाप्रतिको विश्वास बढ्ने गरी काम गर्न आग्रह गरिएको छ । बिमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने तथा बिमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने सरोकारवालाको आग्रह छ । बिमा कम्पनीले बिमा सर्भेयरले प्रतिवेदन बुझाएपछि क्षतिको निश्चित प्रतिशत भुक्तानी दिनुपर्ने, बिमा गराउँदा बिमालेखका सबै प्रावधानबारे स्पष...

अन्जली,बिना र जुना अभिनित तीज गीत ‘कतिमा राम्री ’ सार्वजनिक ( भिडियो)

अन्जली,बिना र जुना अभिनित तीज गीत ‘कतिमा राम्री ’ सार्वजनिक ( भिडियो)
काठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही हप्ता बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा लोकप्रिय नायिकाहरु अन्जली अधिकारी,बिना राउत र जुना कार्की अभिनित मौलिक तीज गीत‘कतिमा राम्री ’को भिडियो सार्वजनिक भएको छ। गीतकार कृष्णहरि बरालको शब्द रचना ,हरि लम्सालको संगीत र गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हु...

साउन १६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

साउन १६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि तथा पशुपालनमा सफलता मिल्नेछ । विभिन्न अवसरहरूले पछ्याउने छन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरू पनि सजिलै सम्पन्न हुनेछन् । व्यापार व्यवसायमा फाइदा हुनेछ । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू ...

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री
संखुवासभा, १५ साउन।  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत उल्लेख्य लगानी हुने बताए । गृहजिल्ला संखुवा...

महानगरद्वारा माछा मासु पसलको अनुगमन तीव्र

महानगरद्वारा माछा मासु पसलको अनुगमन तीव्र
विराटनगर ÷ मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु पसलबाट ५–५ किलो ...

दलित महिलामाथि चौतर्फी विभेद: जातीय, वर्गीय, लैङ्गिक र सामाजिक दुर्व्यवहार कायमै

दलित महिलामाथि चौतर्फी विभेद: जातीय, वर्गीय, लैङ्गिक र सामाजिक दुर्व्यवहार कायमै
विराटनगर, श्रावण १५ गते। नेपालमा जातीय छुवाछूत कानुनी रूपमा अन्त्य भएको घोषणा गरिए पनि व्यवहारमा भने दलित समुदाय, विशेषगरी दलित महिलाहरूले चौतर्फी विभेदको सामना गरिरहेको एक कार्यक्रमका अगुवाहरूले बताएका छन्। दलित महिला संघ (फेडो) को ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित 'जात व्यवस्था, दलित समुदाय र मिडियाकर्मीहरूको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्। का...

यौन हिंसा विरुद्ध बनेका कानुनको कार्यान्वयनमा जोड

यौन हिंसा विरुद्ध बनेका कानुनको कार्यान्वयनमा जोड
काठमाडौँ, साउन १५ गते । यौन हिंसाको अन्त्यका लागि यस सम्वन्धमा जागरुकता र यौन हिंसालगायतका महिलामाथि हुने हिंसा अन्त्यका लागि बनेका कानुनको कार्यन्वयन हुनुपर्नेमा जोड दिइएको छ । मानव अधिकारका लागि महिला, (एकल महिला समूह), महिला, विकास र कानुन मञ्चलगायतका संस्थाद्वारा राजधानीमा “सिमान्तकृत वर्गका महिलाले भोग्नु परेको यौन हिंसा अन्त्य सम्बन्ध” मा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीले उक्त कुर...