कोशी लगानी प्राधिकरणद्वारा दुई अर्ब बढी लगानीका चार परियोजना स्वीकृत
विराटनगर । कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशको आर्थिक विकासका लागि विभिन्न क्षेत्रका चारवटा आयोजनाको लगानी स्वीकृत गरेको छ । प्राधिकरणको हालै सम्पन्न ३३ औं बैठकले सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणा अन्तर्गत निर्माण हुने गरी २ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
गत वर्षको वैशाख महिनामा सम्पन्न भएको कोशी प्रदेश लगानी सम्मेलनमा प्रस्तुत गरिएका आयोजनामध्ये चारवटाको प्...









