रतुवामाई : मोरङको रतुवामाई नगरपालिका–१० टिमटिमेस्थित राष्ट्रनिर्माण सेकेन्डरी स्कूलकी छात्रा मेरिना चाम्लिङ राईलाई रतुवामाई नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
भारतको गुजरातमा आयोजित 2nd International SSKAI Shito Ryu Karate Championship 2026 मा उत्कृष्ट प्रदर्शन गर्दै कुमितेतर्फ स्वर्ण पदक र कातातर्फ रजत पदक जितेकी राईलाई बुधबार सम्पन्न १८औँ नगरसभाको अवसरमा सम्मान गरिएको हो ।
नगरपालिकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको गौरव बढाएको भन्दै राईलाई नगद २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको जनाएको छ । रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर सिंहका स्वकीय सचिव सुजित चौधरीका अनुसार नगरसभामार्फत राईको उपलब्धिको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया