सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ
सुनसरी : सुनसरीको गढी गाउँपालिका–१, मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट प्रहरी सहायक निरीक्षक गणेश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेपछि जाँच गरेको थियो।
जाँचका क्रममा मोरङको विराटनगर महानगरपालिका–१७, रानी बस्तीका ५१ वर्षीय नुर महोमद खानको साथबाट एक...









