बुवाको हत्यामा संलग्न छोरा पक्राउ
पाँचथर, कार्तिक १७ गते ।
पाँचथरको हिलिहाङ गाउँपालिका-१ फेदापका ६९ बर्षीय युबराज राईको हत्यामा संलग्न उनकै छोरा ३१ बर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १६ गते बिहान साढे १० बजे वाद विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले आफ्नै बाबुको शरीरको बिभिन्न भागमा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प...









