काठमाण्डाै – तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ विकेटले हराएको छ ।

अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । भारतका वाशिङ्गटन सुन्दरले नटआउट ४९ रन बनाए । अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए ।

यसअघि होबार्टमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो । अस्ट्रेलियाका टिम डेभिडले ७४, मार्कस स्टोइनिसले ६४ रन बनाए । भारतका अर्शदीप सिंहले ३ विकेट लिए ।

योसँगै ५ खेलको टी–२० शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो भने दोस्रो खेल अस्ट्रेलियाले जितेको थियो । अब चौथो खेल आउँदो बिहीवार हुनेछ ।

तपाईको प्रतिक्रिया