बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ सार्वजनिक
काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे' बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको छ।
बिरजले ८ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन्। १३ वर्षको उमेरमै उनले एकल सांगीतिक साँझ प्रस्तुत गरेर आफ्नो गायन प्रतिभा प्रदर्शन गरेका थिए। त्यसपछि २०७० सालमा उनले ‘नयाँ किरण’ नामक अडियो एल्बम सार्वजनिक गरेका थिए। उनले सुरशाला म्युजिक एकेडेमीबा...









