सोनाम ल्होसारले सामाजिक सद्भाव र विविधतामा एकता बलियो बनाउँछ : मेयर कोइराला
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सोनाम ल्होसार पर्व नेपाली समाजको साझा सांस्कृतिक धरोहरका रूपमा महत्वपूर्ण रहेको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारले आपसी सद्भाव, सहअस्तित्व र सकारात्मक ऊर्जाको सन्देश प्रवाह गर्ने उनको भनाइ छ ।
सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व केवल तामा...









