उम्मेदवारको मनोनयन उत्साहजनक: ५ बजे सम्म २ हजार तीन सय ३५ को मनोनयन दर्ता

उम्मेदवारको मनोनयन उत्साहजनक: ५ बजे सम्म २ हजार तीन सय ३५ को मनोनयन दर्ता
काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्धारण गरेपनि ५ बजे भित्र समय लिएका दल तथा उम्मेदवारहरुको मनोनयको काम अहिले पनि चलिरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार पाँच बजे सम्म २ हजार तीस सय ३५ जनाको मनोनय दर्ता भएको छ । ...

ताप्लेजुङमा १३ जनाको उम्मेदवारी दर्ता

ताप्लेजुङमा १३ जनाको उम्मेदवारी दर्ता
चन्द्र पन्दाक ताप्लेजुङ, माघ ६ गते। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा तेह्र जनाको उम्मेदवारी दर्ता भएको छ। विभिन्न राजनीतिक दलका तर्फबाट १३ जनाले उम्मेदवारी (मनोनयन) दर्ता गराएको हुन्। जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्गलबारका लागि तोकिएको उम्मेदवारी दर्ता कार्यक्रम अनुसार विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका जनाएको छ। न...

टी–२० विश्वकप : अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग पराजित

टी–२० विश्वकप : अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग पराजित
काठमाडौँ, माघ ६ गते । आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ । घरेलु टोली श्रीलङ्कासँग नेपाल मङ्गलबार ६ विकेटले पराजित भएको हो । जितका लागि एक सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । श्रीलङ्काका लागि लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाउनु भयो । यस्तै नुवानिदु फर्नान्डोले ३८ र...

प्रहरी निरीक्षक प्रकाश थापा पुस महिनाको सर्वोत्कृष्ठ प्रहरी घोषित

प्रहरी निरीक्षक प्रकाश थापा पुस महिनाको सर्वोत्कृष्ठ प्रहरी घोषित
विराटनगर, माघ ०६ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापालाई पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी निरीक्षक थापाले २०८२ साल असोज २६ गते ओखलढुङ्गाको सिद्धिचरण ...

राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई हरायो

राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई हरायो
काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्र फुटबल क्बलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुकी भएको खेलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दीलाई २–१ गोलले हरायो । मच्छिन्द्रका सोनिस श्रेष्ठ र जोनाथन जोरिल्लाले समान १ गोल गरे । मनाङ मर्स्याङ्दीका विशेष लामाले १ गोल गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका...

पत्रकारिता छाडेर राजनीतिमा होमिए ऋषि धमला, रौतहट–४ बाट उम्मेदवारी दिँदै

पत्रकारिता छाडेर राजनीतिमा होमिए ऋषि धमला, रौतहट–४ बाट उम्मेदवारी दिँदै
रौतहट / पत्रकार ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दिने भएका छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर ४ बाट उनले उम्मेदवारी दिने भएका हुन्। धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिह्न लिएर उम्मेदवारी दिन लागेका हुन्। गौतमले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन्। उनले धमला आज मनोनयन दर्ता गर्का लागि रौतहट जान लागेको पनि बता...

एन्फा राष्ट्रिय लिग : लालीगुराँसको लगातार दोस्रो जित

एन्फा राष्ट्रिय लिग : लालीगुराँसको लगातार दोस्रो जित
काठमाण्डौं । लालीगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिगमा लगातार दोस्रो जित निकाल्दा अर्को मोफसलको टोली नव जनजागृति क्लबले दोस्रो हार सामना गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको मोफसल डर्बीमा लालीगुराँसले सोमबार नव जनजागृतिमाथि ४–१ को जित निकाल्दै जारी लिगमा दोस्रो सफलता प्राप्त गयो। लालीगुराँसका आशिष गुरुङले दुई तथा अब्दुल यसुफ हाउले र एकोइटे जुनियर डोनोउले समान एक गोल गरे। जनजागृतिका ...

आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास
काठमाडौँ, माघ ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ । सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा आज टुँडिखेलमा आयोजित ‘तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले सबै जातजातिका मौलिक परम्परा, संस्कृति र जीवन पद्धतिको स...

माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष आज अचानक धन लाभको योग देखिन्छ । पहिलेको प्रयासबाट आम्दानी हुने सम्भावना छ । पैसा सम्बन्धी विषयले उत्साह बढाउनेछ । लामो दूरीको यात्रा वा वैदेशिक यात्रा सम्बन्धी प्रक्रिया अघि बढ्न सक्छ । साथी तथा घर परिवारको साथ समर्थनले मानसिक शान्ति मिल्नेछ । वृष आज नसोचेको ठाउँमा खर्च हुन सक्छ । अनावश्यक खर्चका कारण मन खिन्न हुन सक्छ, त्यसैले आर्थिक निर्णयमा सचेत रहनु राम्रो हुनेछ । बजेट व्यवस्थापन नगरे...

बालेनले लिए रविको हातबाट झापा–५ को टिकट

बालेनले लिए रविको हातबाट झापा–५ को टिकट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । सोमबार जनकपुरमा आयोजित चुनावी सभाको क्रममा सभापति रवि लामिछानेको हातबाट बालेनले टिकट लिएका हुन् । बालेनले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन समेत गरेका थिए । बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।