धरान (सुनसरी), माघ ४ गते । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो ।
बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको र मृत्यु भएका व्यक्तिहरूको शव क्षतविक्षत अवस्थामा रहेकोले हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।



![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)

