काठमाण्डाै – राष्ट्रिय लिग फुटबलमा आज भएका खेलमा सङ्कटा एफसी, एपीएफ एफसी र जावलाखेल युथ क्लब विजयी भएका छन् ।
ललितपुरको च्यासल मैदानमा भएको खेलमा सङ्कटाले क्राँक्रेबिहार क्लबलाई ४० र एपीएफले फ्रेन्ड्स एफसीलाई १–० गोलले हरायो । यस्तै ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले श्री भगवती युथ क्लबलाई ४–० गोलले हरायो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कुल १ सय ३६ खेल हुनेछन् । राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछन् ।
राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।





