महिला टी–२० च्यालेन्ज : नेपाल उपाधि होडबाट बाहिरियो

महिला टी–२० च्यालेन्ज : नेपाल उपाधि होडबाट बाहिरियो
काठमाडौँ, वैशाख १७ गते । नेपाल रुवान्डामा जारी आइसिसी महिला टी–२० च्यालेन्ज कपको उपाधि होडबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा अमेरिकाले इटालीलाई हराएपछि नेपालको उपाधि होड सकिएको हो । जितका लागि इटालीले दिएको सय रनको लक्ष्प अमेरिकाले १७ ओभरमा पूरा गरेको थियो । नेपालले आजै लिगको सातौँ खेल भानुआटुसँग खेलिरहेको छ । नेपालले लिग चरणको अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ ।

शिक्षा क्षेत्रमा सहयोग बढाउन शिक्षामन्त्री र फिनल्यान्डका राजदूतबीच छलफल

शिक्षा क्षेत्रमा सहयोग बढाउन शिक्षामन्त्री र फिनल्यान्डका राजदूतबीच छलफल
काठमाडौँ, वैशाख १७ गते । सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव गरिएको हो । भेटमा शिक्षामन्त्रीले नेपाल र फिनल्यान्डबीच सदैव सुखद र असल सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल...

मापदण्डविपरीत सञ्चालित मोरङका दुई क्रसर उद्योग बन्द

मापदण्डविपरीत सञ्चालित मोरङका दुई क्रसर उद्योग बन्द
मोरङ । मापदण्डविपरीत सञ्चालन र अनधिकृत रूपमा खोला उत्खनन गरेको भन्दै मोरङ जिल्ला प्रशासन कार्यालयले दुईवटा क्रसर उद्योग बन्द गराएको छ । मोरङको चिसाङ खोला किनारमा सञ्चालित लेटाङ नगरपालिकाको माता भगवती क्रसर र बेलबारीको कान्तिपुर क्रसर उद्योगलाई प्रशासनले बन्द गराएको हो । विगत १३ दिनदेखि दुवै उद्योगको कामकाज ठप्प पारिएको छ । भीम पौडेल सञ्चालक रहेको माता भगवती क्रसर र अम्बिका गुरागाईं सञ्चालक रहेको...

विराटनगरमा ‘सीएनआई वुमन लिडरशिप समिट २०२६’ हुँदै

विराटनगरमा ‘सीएनआई वुमन लिडरशिप समिट २०२६’ हुँदै
विराटनगर : महिला नेतृत्व, उद्यमशीलता, सीप विकास र डिजिटल नवप्रवर्तनलाई केन्द्रमा राख्दै विराटनगरमा ‘सीएनआई वुमन लिडरशिप समिट २०२६’ आयोजना हुने भएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको आयोजनामा आगामी वैशाख २१ गते विराटनगरमा रहेको होटल मनास्लु इनमा राष्ट्रियस्तरको ‘सीएनआई वुमन लिडरशिप समिट २०२६’हुने भएको हो । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल ...

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा कारोबार गर्ने सम्झौता

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा कारोबार गर्ने सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा गर्नका लागी रु. पन्ध्र लाख सम्म विनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्नेछन् । यसबाट राष्ट्रिय बीमा कम्पनी लिमिटडम...

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार
काठमाडौँ : नापी तथा मालपोत सम्बन्धित सवा स्थानीय तहबाटै दिन दुई सय सात पालिका इच्छुक देखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता अघि नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो । सोही अनुसारमा दुई सय सात पालिकाले इच्छुक रहेको भन्दै निवेदन पठाएको भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रा...

आजको राशिफल ~वि.सं. २०८३ वैशाख १८ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ वैशाख १८ गते  शुक्रबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष अनावश्यक रूपमा कसैसँग झै-झगडा हुन सक्छ, त्यसैले संयमित रहनुहोस् । यात्रामा सावधानी अपनाउनु राम्रो हुनेछ । लेनदेन सम्बन्धी समस्या आउन सक्छ । शत्रुहरू सक्रिय हुने सम्भावना छ । व्यापारमा घाटा बेहोर्नुपर्न सक्छ । कृषि, पशुपालन तथा घरायसी काममा समय बित्नेछ ।   वृष मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । मित्रबाट प्रशंसा पाइनेछ र नसोचेको सम्मान प्राप्त हुन सक्छ । पढाइमा सुध...

देशभरका सिडिओलाई सरकारले भन्यो: अतिक्रमित जग्गा खाली गर्न साथ दिनू

देशभरका सिडिओलाई सरकारले भन्यो: अतिक्रमित जग्गा खाली गर्न साथ दिनू
काठमाडौं। सरकारले देशभरका अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी गरेको छ। गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गामा रहेको अतिक्रमण हटाउने योजनामा साथ दिन निर्देशन दिएको हो। यसअघि चैत २० मै गृहले पत्रमार्फत ...

एभरेष्टका विद्यार्थी स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने

एभरेष्टका  विद्यार्थी  स्पेन जाँदै, बार्सिलोना सभापछि चार देशको अवलोकन भ्रमण गराइने
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको सभामा भाग लिन एभरेष्टका विद्यार्थीहरु जाने भएका हुन् । संयुक्त राष्ट्रसंघको नमुना अभ्यास विद्यालयमा गरेका एभरेष्टका विद्यार्थीहरुले यस अघि भियतनाममा समेत यस्तै सभामा भाग लिएर फर्किएका थिए ।...

विनय विष्णु के.सीको शब्दमा“यो शहर र तिमी” सार्वजनिक

विनय विष्णु के.सीको शब्दमा“यो शहर र तिमी” सार्वजनिक
काठमाडौं — नयाँ गीत “यो शहर र तिमी” सार्वजनिक गरिएको छ। आधुनिक भाव र शहरको जीवनशैलीलाई समेटिएको उक्त गीतमा शब्द विनय विष्णु के.सी को रहेको छ भने संगीत निराजन वस्ती ले तयार पारेका छन्। प्रेम, एक्लोपन र शहरको भीडभाडबीचको भावनात्मक सम्बन्धलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। संगीत संयोजनमा आधुनिक शैली प्रयोग गरिएकोले युवापुस्तामाझ गीत लोकप्रिय हुने अपेक्षा गरिएको छ। गीतको भिडियोसमेत सार्व...