मेष

अनावश्यक रूपमा कसैसँग झै-झगडा हुन सक्छ, त्यसैले संयमित रहनुहोस् । यात्रामा सावधानी अपनाउनु राम्रो हुनेछ । लेनदेन सम्बन्धी समस्या आउन सक्छ । शत्रुहरू सक्रिय हुने सम्भावना छ । व्यापारमा घाटा बेहोर्नुपर्न सक्छ । कृषि, पशुपालन तथा घरायसी काममा समय बित्नेछ ।

 

वृष

मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । मित्रबाट प्रशंसा पाइनेछ र नसोचेको सम्मान प्राप्त हुन सक्छ । पढाइमा सुधार आउने संकेत छ । आलोचना गर्नेहरू पनि प्रशंसक बन्न सक्छन् । काममा केही चुनौती आउन सक्छ । लेनदेनमा सावधानी अपनाउनुहोस् । जागिरमा सम्मान प्राप्त हुनेछ ।

 

मिथुन

अधुरा कामहरू पूरा हुने र नयाँ अवसर प्राप्त हुने सम्भावना छ । राम्रो आम्दानी हुने योग छ । लामो समयदेखि रोकिएका कामहरू अघि बढ्नेछन् । आकस्मिक निम्तो आउन सक्छ । मनोबल र आत्मविश्वास बढ्नेछ, जसले खुशी प्रदान गर्नेछ ।

 

कर्कट

व्यापार व्यवसायमा संलग्नहरूलाई विशेष लाभ हुने सम्भावना छ । रुचिका क्षेत्रमा लगानी बढाउन अनुकूल समय छ । प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखद रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् । यद्यपि कृषिजन्य काममा अपेक्षाअनुसार लाभ नहुन सक्छ ।

 

सिंह

सडक पार गर्दा वा औजार प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । पुरानो रोगले पुन: सताउन सक्छ । खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रु सक्रिय हुने सम्भावना छ । काममा अवरोध आउन सक्छ, जसले आर्थिक हानि पुर्‍याउन सक्छ ।

 

कन्या

विभिन्न अवसरहरू प्राप्त हुनेछन् । भविष्यका लागि महत्वपूर्ण कामको आधार तयार हुनेछ । आर्थिक लाभको योग छ । शिक्षामा प्रगति हुने समय छ, अध्ययनमा ध्यान दिनु उपयुक्त हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुनेछ । अधुरा कामहरू पूरा हुनेछन् र आफन्तको सहयोग पाइनेछ ।

 

तुला

अरूको विश्वास सजिलै जित्न सकिनेछ । धन तथा मान सम्मान प्राप्त हुने योग छ । व्यापारबाट राम्रो आम्दानी हुन सक्छ । नसोचेका कामहरू पनि पूरा हुनेछन् । अनौठा समाचार सुन्न पाइनेछ । धार्मिक यात्रा वा देवालय भ्रमणको अवसर मिल्न सक्छ ।

 

वृश्चिक

अनुकूल यात्राको योग छ । पठन पाठन सामान्य रहनेछ । प्रयास गरेमा अवसरको फाइदा लिन सकिनेछ । रमाइलो र सुखद यात्रा हुन सक्छ । जीवन साथी वा आमाको सल्लाहमा गरिएको काम सफल हुनेछ ।

 

धनु

हतारमा निर्णय गर्दा काम बिग्रन सक्छ, त्यसैले सोच विचार गरेर मात्र कदम चाल्नुहोस् । मान्यजनको सुझाव मन नपर्न सक्छ । आर्थिक समस्या आउन सक्छ र लेनदेनमा विवाद हुन सक्छ । घरायसी समस्या पनि देखा पर्न सक्छ । पढाइमा ध्यान दिन कठिन हुन सक्छ । आर्थिक हानि हुने सम्भावना छ ।

 

मकर

नयाँ वा दीर्घकालीन योजना बनाउन आजको दिन उपयुक्त नहुन सक्छ । गलत सोचले काममा अवरोध ल्याउन सक्छ । अरूको काममा समय खर्च हुन सक्छ । जागिर वा राजनीतिमा सम्मान प्राप्त हुने सम्भावना छ । अरूको मन जित्न सकिनेछ र कामबाट सन्तुष्टि मिल्नेछ ।

 

कुम्भ

सोच्ने क्षमता र निर्णयशक्ति बढ्नेछ । आलोचकहरू पनि प्रशंसक बन्न सक्छन् । अन्न तथा धनमा वृद्धि हुने योग छ । दाम्पत्य जीवन सुखद रहनेछ । प्रेम सम्बन्ध बलियो बन्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् ।

 

मीन

तपाईको प्रतिक्रिया