विराटनगरमा सक्रिय क्षयरोग खोजपडताल अभियान, ५ जना नयाँ बिरामी पहिचान

विराटनगरमा सक्रिय क्षयरोग खोजपडताल अभियान, ५ जना नयाँ बिरामी पहिचान
विराटनगर / क्षयरोगमुक्त अभियान नेपालअन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको ‘क्षयरोग मुक्त पालिका कार्यक्रम’ अन्तर्गत सक्रिय क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ । महानगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजको प्राविधिक सहयोगमा पुस १ देखि ५ गतेसम्म वडा नं. ४, ८, १२, १४ र १७ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा क्षयरोगको उच्च जोखिममा रहेका लक्षित समुदायका व्यक्ति...

निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन

निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो । अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबा...

नेपालमा कन्डम व्यापार फस्टाउँदै

नेपालमा कन्डम व्यापार फस्टाउँदै
विराटनगर / नेपालमा सुरक्षित यौन व्यवहार र परिवार नियोजनप्रति चेतना बढ्दै गएको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै नेपालले झन्डै १० करोड रुपैयाँ बराबरका १ करोड २८ लाखभन्दा बढी कन्डम आयात गरेको तथ्य बाहिर आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरका १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम नेपाल भित्रिएका छन् । ...

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज
काठमाडौं – वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणबापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेजीपश्चात्र साबिककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी नौ हजार पाँच सय पुर्‍याएको थियो । त्यस अघि ६ हजार पाँच सय मात्र थियो । सो नि...

नियमित खोप मार्फत एचपिभीविरुद्धको खोप दिने तयारी

नियमित खोप मार्फत एचपिभीविरुद्धको खोप दिने तयारी
काठमाडौँ, पुस ७ गते । सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप सञ्चालन गर्न लागेको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले माघको अन्तिम साताबाट राष्ट्रिय खोप कार्यक्रम मार्फत एचपिभी भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “आगामी माघक...

बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र पारस हस्पिटलबीच सहकार्य सम्झौता

बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र पारस हस्पिटलबीच सहकार्य सम्झौता
विराटनगर। बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराटनगरस्थित पारस मल्टिस्पेशालिटी हस्पिटलबीच सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। मिति २०८२ पौष ३ गते बिहीबार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित कार्यक्रमबीच दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता पत्रमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिनिश कार्की र हस्पिटल कोर्डिनेटर सु...

केएमसीमा अत्याधुनिक प्रविधि भित्रियो, गर्भमै शिशुको सम्पूर्ण स्वास्थ्य अवस्था थाहा हुने

केएमसीमा अत्याधुनिक प्रविधि भित्रियो, गर्भमै शिशुको सम्पूर्ण स्वास्थ्य अवस्था थाहा हुने
काठमाडौं — काठमाडौँ मेडिकल कलेज (केएमसी) ले मातृ तथा शिशु स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने नयाँ प्रविधि भित्र्याएको छ । यस प्रविधिको प्रयोगबाट अब गर्भमै रहेको शिशुको सम्पूर्ण स्वास्थ्य अवस्था, अंग–प्रत्यंगको विकास, संरचना तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी प्राप्त गर्न सकिने भएको छ । नयाँ प्रविधि अत्याधुनिक फिटल स्क्यान तथा इमेजिङ प्रणालीमा आधारित रहेको केएमसीले जनाएको छ । यस ...

दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन

दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन
रोशन पोखरेल, इटहरी । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शय्याको दुहवी नगर आधारभूत अस्पताल सञ्चालनमा आएको छ । आइतबार दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले अस्पतालको औपचारिक उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । गच्छदारले ग्रामीण क्षेत्रमा नै अत्याधुनिक उपकरणसहित न्यून शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । दुहवीवासीको साथ, सहयोग र विश्वासकै ...

आँखाका बिरामीलाई निःशुल्क उपचार गर्दै आरुघाट गाउँपालिका

आँखाका बिरामीलाई निःशुल्क उपचार गर्दै आरुघाट गाउँपालिका
सुलीकोट, मङ्सिर २७ गते । गोरखाको आरुघाट गाउँपालिकाले आफ्नो पालिका भित्रका आँखाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आरुघाट गाउँकार्यपालिकाको केहि दिन अघि बसेको बैठकले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती, विशेष गरी आँखासम्बन्धी रोगले गाउँमा बढ्दो प्रभावलाई मध्यनजर गर्दै यो महत्त्वपूर्ण कदम चाल्ने निर्णय गरेको हो । आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठका अनुसार...

विराटनगरका ३४१ बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइयो

विराटनगरका ३४१ बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइयो
विराटनगर – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ्ग विराटनगरले‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि) एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ । आज केन्द्रमा बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ आज खुवाइएको कार्यालय प्रमुख डा राम प्रवोध चौधरीले जानकारी दिनुभयो । ...