एक अर्ब लगानीमा सलाइन उद्योग सुरु

एक अर्ब लगानीमा सलाइन उद्योग सुरु
विराटनगर, चैत २९ गते । कोशी प्रदेशकै पहिलो सलाइन उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँभन्दा बढी लगानीमा मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा ‘एलेक्सा लाइफ साइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यावसायिक उत्पादन थालेको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । उद्योगले उ...

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारको बिल भुक्तानी गर्दा घुस लिने गरेको सूचनाका आधारमा छापा मारेर उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा...

चार जिल्लाका तेइस फार्ममा बर्डफ्लु

चार जिल्लाका तेइस फार्ममा बर्डफ्लु
केशवराज पौडेल ,काठमाडौँ, चैत २५ गते । तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु (एच–फाइभ एन–वान) यतिबेला चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा फैलिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार मोरङमा आठ, सुनसरीमा १२, झापामा दुई र चितवनको एउटा व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो । व्यावसायिक फार्म नजिकै ठुला ठुला रुखमा आउने चरामा बर्डफ्लुको सङक्रमण भएको हुन...

चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापनिज इन्सेफलाइटिस’विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाउन लागिएको हो । जनस्वास्थ्य कार्यलयका प्रमुख निर्मल घिमिरेले अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउन नपाएका ३० वर्ष उमेर समूहमाथिका र खोप लगाउन छुटेका १५ वर्षमुनिका बालबालिकालाई यो खोप दिन ...

स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल

स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल
काठमाडौँ, चैत १६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासँग स्वास्थ्य बिमा बोर्डका पदाधिकारीले आज छलफल गरेका छन् । मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री मेहताले छरिएर रहेका स्वास्थ्य सुरक्षा कार्यक्रम स्वास्थ्य बिमामार्फत एकद्वार प्रणालीमा सञ्चालन गर्र्ने गरी अघि बढाइने बताउनुभयो । उहाँले स्वास्थ्यका सामाजिक सुरक्षा कार्यक्रमलाई एक ठाउँमा ल्याउन सके वित्तीय अवस्था बलियो हुनेसमेत ...

विराटनगरमा तीन वर्षमा क्षयरोगबाट १३४ को मृत्यु

विराटनगरमा तीन वर्षमा क्षयरोगबाट १३४ को मृत्यु
विराटनगर / विराटनगरमा पछिल्ला तीन वर्षमा क्षयरोग (टिबी) बाट १३४ जनाको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। नेपाल क्षयरोग निवारण संस्था, शाखा विराटनगरले विश्व क्षयरोग नियन्त्रण दिवसको सन्दर्भमा सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४२, २०७९/८० मा ३१ र २०८०/८१ मा ६१ जनाको ज्यान गएको छ। उक्त संस्थाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ हजार ५६ जना क्षयरोगी दर्ता भएका थिए। पछिल्लो आर्थिक वर्...

मोरङको सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह

मोरङको सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह
मोरङको सुन्दरहरैंचा नगरपालिका-४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ। कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भए लगत्तै नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै संक्रमण फैलिन नदिन तत्काल प्रतिबन्धात्मक र सावधानीका उपाय लागू गरिएको बताएका छन्। नगरपालिकाका अनुसार प्रभावित फार्म वरपरका कु...

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
झापा, चैत १ गते । मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप ९एन्टी रेबिज भ्याक्सिन०को अभाव भएको छ । सरकारी कोटाअनुसार आउने खोपको आपूर्ति ढिलो भएपछि अभाव भएको नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताउनुभयो। यसले गर्दा स्थानीयले महँगो मूल्य तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य हुनुपरेको उहाँले बताउनुभयो । नगरपालिका–१० स्थित मेचीनगर आधारभूत अस्पतालमा विगत १५ दिनद...

मोरङमा २ लाखभन्दा बढी पशुमा खोरेत खोप

मोरङमा २ लाखभन्दा बढी पशुमा खोरेत खोप
विराटनगर । मोरङ जिल्ला मा खोरेत (एफएमडी) नियन्त्रण अभियानअन्तर्गत दुई लाखभन्दा बढी पशुमा खोप लगाइएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका अनुसार पहिलो चरणको खोप अभियानमा जिल्लाभर २ लाख ३४ हजार ६ सय पशुमा खोप लगाइएको हो। अभियान सञ्चालनका लागि ३ सय १७ जना भ्याक्सिनेटर परिचालन गरिएको जनाइएको छ । यसैबीच चालु आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षि...

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान
मध्यविन्दु (नवलपरासी), फागुन २६ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर बर्सेनि बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी चैत १ देखि ५ गतेसम्म जिल्लाभर जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले बताउनुभयो । अभियानअ...