सभामुख र उपाध्यक्ष चयनको लागि चुनावी कार्यतालिका सार्वजनिक
काठमाण्डौ - सङ्घीय संसद् सचिवालयले पर्सि आइतबार हुने प्रतिनिधिसभाको सभामुख चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ । दिउँसो २:३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवार...









