उपसभामुखमा रुबी कुमारी निर्वाचित

उपसभामुखमा रुबी कुमारी निर्वाचित
काठमाडौँ, चैत २७ गते । श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा भएको निर्वाचन प्रक्रियामार्फत् उहाँ उपसभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँले प्रतिनिधिसभाका कुल उपस्थित ‍‍२५६ मध्ये २२९ सदस्यको मत पाउनुभयो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरस्वती लामाले पाँच मत पाउनुभयो । रुबी कुमारीलाई रास्वपा, नेप...

राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने

राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने
काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो । त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ । रास...

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार भेट गर्न पुग्नुभएका नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै ...

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
काठमाडौँ । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि ...

पोखराको २० रोपनी जग्गाबारे सत्यता बाहिर ल्याउन गृहमन्त्रीलाई दबाब

पोखराको २० रोपनी जग्गाबारे सत्यता बाहिर ल्याउन गृहमन्त्रीलाई दबाब
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङको पोखराको फेवाताल किनारको जग्गाका विषयमा यतिबेला विवाद चलिरहेको छ। पोखरा महानगरपालिकाले फेवाताल आसपासको अवैध संरचना हटाइरहेका बेला त्यहाँ हालका गृहमन्त्री गुरुङको २० रोपनी जग्गा पनि रहेको भन्ने खबरहरू आइरहँदा यसको सत्यतथ्य बाहिर ल्याउन दबाब बढेको हो। प्रतिनिधिसभाका सांसद् हर्क साम्पाङलगायत सर्वसाधारणले पनि त्यसबारे सत्यता बाहिर ल्याउन दबाब दिइरहेका छन्। ‘गृहमन...

पूर्वमन्त्री खड्काविरुद्ध ७ दिन म्याद थप

पूर्वमन्त्री खड्काविरुद्ध ७ दिन म्याद थप
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। यसअघि काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीक...

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

सभामुखमा अर्याल निर्विरोध निर्वाचित
काठमाण्डू । नेपालको दसौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णि...

सभामुख र उपाध्यक्ष चयनको लागि चुनावी कार्यतालिका सार्वजनिक

सभामुख र उपाध्यक्ष चयनको लागि चुनावी कार्यतालिका सार्वजनिक
काठमाण्डौ - सङ्घीय संसद् सचिवालयले पर्सि आइतबार हुने प्रतिनिधिसभाको सभामुख चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ । दिउँसो २:३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवार...

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय
काठमाण्डौ - नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न मागसहित कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकपछि सचिव महेश बस्नेतले हरेक जिल्लाको सदरमुकाममा आज दिउँसो जनसंगठनको तर्फबाट विर...

पार्टी अध्यक्ष ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति

पार्टी अध्यक्ष ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । कोशी प्रदेश कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा हालै गठित सरकारलाई “अराजनीतिक” भन्दै कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण कदम भएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कार्यले मुलुकल...