मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
दाङ, भदौ १ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नुभएको हो ।
सम्भावित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन् । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प...









