काठमाडौं। खुला मञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व छान्नका लागि आज मतदान स्थगित भएको छ।
बिहान १० बजे हुने भनिएको मतदान तीन पटक सारेर दिउँसो साढे २ बजेसम्म लगिएको थियो। मतदान हुन नसकेपछि भोलिसम्मका लागि स्थगित भएको हो।
निर्वाचन समितिका अनुसार भोलि बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। समितिले निर्वाचन सामग्री आउन ढिला हुँदा मतदान नभएको जनाएको छ।





