काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र शुरु हुदै छ ।
महाधिवेशनमा आज बिहान ७: ३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ भने त्यसपछि बिहान सवा ९ बजेबाट खुलामञ्चमा बनाइएका तीनवटा हलमा बन्दसत्र सुरु हुने बताइएको छ ।
बन्दसत्रमा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पेस गरिने बताइएको छ ।
त्यसलगत्तै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइने जनाइएको छ । विधानमाथिको छलफलपछि दिउँसो साढे ११ बजे प्रतिनिधिको खानाका लागि समय निर्धारण गरिएको छ ।
त्यस्तै केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्बजनिक गरेको छ । जस अनुसार आज प्रतिनिधिहरुको नाम सार्बजनिक गरिने, मंगलबार उम्मेदवारको मनोनयन दर्ता र विहिबार निर्वाचनको समय तोकिएको छ ।





