प्रिमियम शेयरमा दुगड ग्रुपको लुटधन्दा
काठमाडौं । सोलुखुम्बु र रामेछाप भएर बग्ने लिखु नदीमा निर्माणाधीन हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई भरपुर ठग्ने उपाएको खोजीमा लागेको छ । एमभी दुगड ग्रुपको लगानी रहेको नुम्बुर हिमालय हाइड्रोपावरले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेपछि यस्तो योजनाको पर्दाफाँस भएको हो ।
प्रिमियममा आइपिओ निष्कासनको अनुमति माग्दै यो कम्पनी विगत ५ महिनादेखि बोर्डको पाइपलाइनमा...









