काठमाडौं। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ केजी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। थाइल्यान्डको बैंककबाट हङकङ ट्रान्जिट हुँदै आएका उनीहरुको साथबाट प्रहरीले गाँजा बरामद गरेको हो।

मंगलबार राती गाँजा लिएर आएका २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए।

पक्राउ पर्नेमा क्याथे प्यासिफिकको उडान हुँदै आएका भारतको पन्जाबका ३६ वर्षीय सञ्जीवकुमार र २६ वर्षीय रविकुमारलाई ब्युरो टोलीले पक्राउ गरेको हो।

उनीहरुले प्रहरीलाई झुक्याउन बैङ्ककबाट हङकङ पुगेर नेपाल ओर्लिएको प्रहरीको अनुसन्धानले देखाएको छ। थाइल्यान्डबाट गाँजा ओसारपसार गर्नेहरूले पक्राउबाट बच्न आगमनतर्फको भन्सार एरियामा लगेज छाडेर केही दिनपछि एजेन्टमार्फत लगेज लैजाने गरेको प्रहरी अधिकारीको अनुमान छ।

तपाईको प्रतिक्रिया