सिटिजन्स बैंकमा करोडौँ अपचलन, नक्कली कर्जा फाइल बनाएर रकम निकालिएको आरोप
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको विराटनगरस्थित कञ्चनबारी शाखामा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको घटना सार्वजनिक भएको छ। प्रारम्भिक अनुसन्धानमा बैंकका कर्मचारीकै मिलेमतोमा उक्त रकम अपचलन भएको आशंका गरिएको हो। घटनामा संलग्न भएको देखिएपछि बैंकले पाँच जना कर्मचारीलाई निलम्बन गरेको छ।
बैंकले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे अनुसन्धान सुरु गरेको छ। मोरङक...








