काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघले पछिल्ला घटनाक्रम वैदेशिक रोजगार क्षेत्रमा देखिएको विकृति तथा गलत गतिविधि श्रमिक तथा व्यवसायीको हकहित तथा नीतिगत सुधार गर्न भन्दै ताचलबाट शान्तिपूर्ण आन्दोलन सुरु गरेको जनाएको छ।

संघले पछिल्लो समय सरकार गठन भएपछि सुधारका नाममा गरिएको धरपक्कड तथा नीतिगत सुधार गर्नुपर्ने भन्दै शान्तिपूर्ण आन्दोलन सुरु गरेको हो। संघले हालै गठन भएको सरकारद्वारा सुधारका नाममा भइरहेको धरपकड रोक्नुपर्ने र नीतिगत क्षेत्रमा व्यापक सुधार गरिनुपर्ने मागसहित सो आन्दोलन सुरु गरेको व्यवसायीहरुले बताउँदै आएका छन्।

व्यवसायीहरुले गरेको सो आन्दोलनले समग्र श्रमिक वर्ग र व्यवसायीहरूको हकहितको रक्षाका लागि ठोस नीतिगत कदम चाल्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित विरोध कार्यक्रम सुरु गरेको म्यानपावर व्यवसायी संघका महासचिव हरि डाँगीले क्यापिटल नेपाललाई बताए।

त्यस्तै संघले गत शुक्रबार पत्रकार सम्मेलनमाफर्त आगामी भदौदेखि श्रमिक पठाउन बन्द गर्ने तथा सरकारसँग १५ बुँदे माग राख्दै दबाबमूलक अभियान चलाइरहेको संघले भन्दै आएको छ। सरकारले व्यवस्था गरेका विभिन्न कानुनी व्यवस्थाहरूले वैदेशिक रोजगार क्षेत्र चल्नै नसक्ने अवस्था भएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको संघका महासचिव डाँगीको भनाइ थियो।

फरक प्रसंगमा महासचिव डाँगीका अनुसार राष्ट्रिय अर्थतन्त्रमा ३० प्रतिशतभन्दा बढी योगदान गर्ने रेमिट्यान्सलाई अवमूल्यन भएको बताउँदै नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समयाअनुकूल अद्यावधिक नभएको अवस्थाले बाध्य भएर आन्दोलन गर्नु परेको बताए।

तपाईको प्रतिक्रिया