काठमाडौँ– रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियास्थित लालबकैया खोलामा नुहाउनेक्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव भेटिएको छ।
मंगलबार करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए।
उनीहरूमध्ये महमद रमतुलाह र सबनम खातुन बुधबार मृत फेला परेको प्रहरीले जानकारी गराएको छ। उनीहरू बेपत्ता भएको ठाउँदेखि करिब ५ करिलोमिटर दक्षिण खोला किनारमा फेला परेका हुन्।
रौशन खातनु भने अझै भेटिएका छैनन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।







