विराटनगरमा भारतबाट ल्याइएका छालाका ज्याकेट र पार्टी सुज बरामद
विराटनगर — भारतबाट अवैध रूपमा भित्र्याइएका करिब दुई लाख पचास हजार रुपैयाँ बराबरका छालाका ज्याकेट र पार्टी सुज विराटनगरमा बरामद गरिएको छ।
नेपाल–भारत सीमास्थित रानी हनुमान मन्दिर नजिकबाट जोगबनी हुँदै आएका मारुती भ्यान (ना १ च ९३५४) मार्फत सामान ल्याउँदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानीको टोलीले शुक्रबार साँझ भ्यान नियन्त्रणमा लिएको हो।
सप्रनाउ विकास खतिवडाको कम...









