काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया