पोखरा। नेपाली मौलिक चाडपर्वलाई पर्यटनसँग जोड्दै स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरामा दसैं पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार पोखरा–६, फेवाताल किनारस्थित बाराहीघाट खेल मैदानमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले महोत्सवको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
संस्थाका निर्वतमान अध्यक्ष एवम कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले आइतबार बिहान साढे १० बजे खहरेचोकदेखि बाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन ¥याली निकालिने जानकारी दिइन्। ¥यालीमा आमा समूह, पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधि, पञ्चेबाजा, सांस्कृतिक टोली तथा स्थानीय समुदायको सहभागिता रहनेछ।
‘टीका, जमरा, चङ्गा चेट : पोखरामा पर्यटकसँग दसैं भेट’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवले नेपाली चाडपर्वलाई घरपरिवारमा मात्र सीमित नराखी विदेशी पर्यटकसँग समेत जोड्ने लक्ष्य राखेको भण्डारीले बताइन्। पोखरामा आउने पर्यटकलाई नेपाली संस्कृति र परम्पराबारे जानकारी दिँदै दसैंको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको उनको भनाइ छ।
महोत्सवको मुख्य आकर्षण स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका र जमरा लगाइदिएर दसैंको सांस्कृतिक अनुभव प्रदान गर्नु रहेको ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले बताइन्। उनका अनुसार महोत्सवमा विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, परम्परागत खानपान, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यवसायका स्टल रहनेछन्। साथै चमरेली, रोटे र घुमाउने पिङलगायत मनोरञ्जनका गतिविधि समावेश गरिनेछ।
ओटेफकी अध्यक्ष ममता न्यौपानेले नेपाली मौलिक पर्वलाई पर्यटनसँग जोडेर स्थानीय संस्कृति र उत्पादनको प्रवद्र्धन गर्नु महोत्सवको उद्देश्य रहेको उनले उल्लेख गरिन्। महोत्सवबारे सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत पोखरासहित अन्य जिल्लामा समेत प्रचारप्रसार भएकोमा जानकारी दिदै यो साझा कार्यक्रम बनाउन सबैको साथको अपेक्षा गरेको बताइन।
पत्रकार भेटघाटमा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैं संस्कृतिलाई पर्यटनसँग जोड्ने प्रयास सकारात्मक भएको बताए। यस्ता कार्यक्रमले पर्यटकलाई नेपाली मौलिकताबारे जानकारी दिनुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गर्दै उनले महोत्सव सफल बनाउन समग्र पर्यटन क्षेत्रको साथ रहने बताए।
महोत्सवलाई सफल बनाउन टाइटल स्पोन्सरमा गृहलक्ष्मी ग्यास रहेको छ भने प्रर्वद्धनमा नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषदसँगै पर्यटन सम्बद्ध संघसंस्था, शुभेच्छुक संस्था आमासमुह, नागरिक समाज लगायतको साथ रहेको महासचिव भावना रानाभाटले जानकारी दिइन। पोखराको पर्यटन क्षेत्रमा महिला व्यवसायीको सहभागिता र नेतृत्व सशक्त बनाउँदै आएको ओटेफले स्थानीय संस्कृति, मौलिकता र सामुदायिक पहिचानको प्रवद्र्धनमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।





