कवि एवं पत्रकार नवोदित ‘व्यथित काव्य सम्मान’ बाट सम्मानित
काठमाडौं । साहित्यिक पत्रकार संघले हरेक वर्ष समर्पण गर्दै आएको ‘व्यथित काव्य सम्मान–२०८२’ विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ ।
काठमाडौंमा विशेष समारोह आयोजना गरेर संघले विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई वरिष्ठ कवि केदारमान व्यथितको नाममा स्थापित सो सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकु...









