काठमाडौं । प्रनिश राजको नयाँ र्याप सार्वजनिक गरिएको छ । आफ्नै युट्युब च्यानलमार्फत प्रनिशले र्याप ‘इन्टरनेशनल खेलाडी’ सार्वजनिक गरेका हुन् ।
र्यापमा सम्पत्तिको दम्भ र प्रेम जाल मुख्य विषय छ । आर्थिक रुपमा सम्पन्न युवकले आफ्नो सम्पत्तिको भरमा युवतीलाई गरेको प्रेम प्रस्ताव गीतको केन्द्रमा छ ।
सम्पत्तिको लोभ देखाएर युवतीलाई आफ्नो बनाउन खोज्ने युवक र प्रेम पनि आर्थिक रुपमा एउटै क्लासबीचका युवतीसँग मात्रै गर्ने गरेको बताउने युवकले आर्थिक आडमा गर्ने प्रेमलाई र्यापमा प्रस्तुत छ ।
भिडियोको र्यापर प्रनिश आफैँ छन् । उनको अपोजिटमा कञ्चन जीजी छिन् । भिडियो निर्देशन गौरव विष्टले गरेका छन् ।





