गएराति १०;१० बजे झापा गाउँपालिका वडा न.४ चर्तागाछीमा प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी वडा नं.९ बस्ने १७ वर्षीय गौरव चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले कालो प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ७ ग्राम १० मिलिग्राम र प्लाष्टिकबाहेक ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट २ पत्ता (१८ पिस) फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई प्रहरी चौकी टाघनडुब्बामा राखिएको छ ।

त्यस्तै आज बिहान १०;१० बजे झापा गाउँपालिका वडा न.४ टाघनडुब्बा स्कुल टोलमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक चुक्तबहादुर बिष्टको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

शंका लागेर चेकजाँच गर्दा शिवसताक्षी वडा नं.६ शिवगंज बस्ने २८ का प्रभाष बास्के र सोही ठाउँ बस्ने बर्ष २६ का फिलिप मर्डीको साथबाट कालो प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित १ ग्राम ७५ मिलिग्राम र प्लाष्टिकबाहेक १ ग्राम ०८ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवैजनालाई साइकलसहित नियन्त्रणमा लिई इप्रका कुमरखोदमा राखिएको छ ।

तपाईको प्रतिक्रिया