एसके कर्ण

 जनकपुरधाम, ६ भदौं । गुठी संस्थानकाे निर्णय अनुसार जनकपुरधामस्थित अतिक्रमित जग्गा खाली गराउने कार्य आजदेखि शुरू भएकाे छ । पहिलाे चरणमा साातवटा पाेखरीकाे डिल खाली गराइने छ । पेठिया बजार नजिक गिरनारी कुट्टीस्थित गाेरधाई पाेखरीकाे डिलबाट अतिक्रमित जग्गा अभियान शुरू गरिएकाे छ । निकै कडा सुरक्षाका बीच डाेजरले घरहरू भत्काएर अतिक्रमित जग्गा खाली गराइदैछ । केही व्यक्तिले अवराेध श्रृजना गर्न खाेजेपनि प्रहरीले तिनीहरूलाई नियन्त्रणमा लिई हटाएकाे थियाे ।

 

घटनास्थलमा अत्यधिक संख्यामा संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएकाे छ । साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी भएको थियो ।भदौ ५ जनकपुर नगर क्षेत्रमा माइकिङ गरेर जग्गा खाली गर्न सूचना दिइएको थियो । गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समिति’ का सदस्य सचिव जनक पाेखरेलका अनुसार पहिलाे चरणमा अतिक्रमित ७ वटा पाेखरीकाे अतिक्रमित डिल खाली गराइने छ । पहिलाे चरणमा गाेरधाेई पाेखरी, मुरली सर, रत्नसागर पाेखरी, विषहारा पाेखरी, दिर्घिका सर, अरगजा पाेखरीकाे अतिक्रमित डिल खाली गराइने उनले बताए ।
समितिले छनाैट गरेका ४९ वटा अतिक्रमित पाेखरी मध्ये ३० वटाकाे नाप जाँच भइसकेकाे छ । बिस्तारै क्रमागत रूपमा सबै पाेखरीकाे डिल खाली गराइने छ ।

तपाईको प्रतिक्रिया