विराटनगरबाट स्रोत नखुलेको नेपाली रूपैयाँसहित भारतीय नागरिक पक्राउ
विराटनगर । स्रोत नखुलेको ३ लाख ३ हजारभन्दा बढी नेपाली रूपैयाँसहित विराटनगरबाट १ जना भारतीय नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका भारत बिहारको अररियास्थित फारबिसगन्जका ५५ वर्षीय नन्दलाल बाहेती पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले बाहेतीलाई विराटनगर महानगरपालिका–१७ बाट बिहान ११ः४५ बजेतिर...









