विराटनगर : मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित नहर नजिकको धानखेतमा सालनालसहित प्लास्टिकको बोराभित्र राखिएको नवजात शिशु फेला परेको छ।
शनिबार बिहान करिब ९ः४० बजे स्थानीयले धानखेतमा सेतो प्लास्टिकको बोराभित्रबाट शिशु रोइरहेको सुनेपछि प्रहरीलाई खबर गरेका थिए।जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बरगाछीबाट प्रहरी निरीक्षक पुष्प पोखरेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको नवजात छोरा शिशुलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।अस्पतालमा उपचाररत शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा प्रहरी परिचालन गरिएको छ।
प्रहरीले शिशुलाई यसरी धानखेतमा छाड्नेको खोजी तथा घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया