फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ : बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले पराजित गर्यो।
स्पेनको जितमा मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे। खेलको सुरुवातदेखि नै बलमा नियन्त्रण कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेको स्पेनले २२औँ मिनेटमा पेनाल्टीमा...








