एम्सका फिजिसियन डा. विमलेश यादव पारस अस्पतालमा आबद्ध, पत्रकारलाई निःशुल्क उपचारको घोषणा
विराटनगर, विराटनगर–११ स्थित पारस अस्पतालले भारतको नयाँदिल्लीस्थित एम्स (AIIMS) मा कार्यरत फिजिसियन डा. विमलेश यादवलाई आबद्ध गराउँदै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा अस्पतालले डा. यादवलाई औपचारिक स्वागत गर्दै सेवा विस्तारको नयाँ चरण सुरु भएको जनाएको हो।
अस्पतालका संस्थापक अध्यक्ष डा. सफिउर रहमानले डा. यादवको आगमनसँगै पूर्वी नेपालका बिरामीले मधुमेह, उच्च रक्त...









