सुभाष कायस्थ

जनकपुरधाा, १३ भदौ । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित मधुवनी सडकखण्डमा भएकाे मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गएराति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर बिआर ३० एल ३१८० को मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब साँढे पाँच फिट तल रहेको पुलको साइफनमा ठोक्किएर दुर्घटना भएको हाे । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बलरा नगरपालिका–६ निवासी १७ वर्षीय अभिनाष बैठा उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा मृत्यु भएकाे हाे ।

यस्तै, मोटरसाइकलको बीचमा सवार बलरा नगरपालिका–६ निवासी १८ वर्षीय रोहित बैठाकाे थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा करिब २ः३१ बजे बाटोमै मृत्यु भएको मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि सवार भारतको बिहार, सीतामढी जिल्ला, बथनाहा थाना, रनौली–१० घर भई हाल बलरा नगरपालिका–६ बस्दै आएका २४ वर्षीय शनि कुमार बैठा को दाहिने खुट्टा भाँचिएको छ। उनको अवस्था पनि गम्भीर रहेको र सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी नायब निरीक्षक इन्द्रभूषण मिश्राको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया