काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थपिएका श्रमिकहरूको उद्धारका लागि मेसिनमार्फत केबल टनेलसम्म सफलतापूर्वक प्वाल छिचोलिएको छ।

आइतबार राति ड्रिलिङ प्रक्रिया सम्पन्न भई टनेलसम्म प्वाल पुगेपछि भित्रको अवस्था सुख्खा रहेको पाइएको छ। सुरुङभित्र थुनिएका व्यक्तिको सहजताका लागि कम्प्रेसरसँगै अक्सिजनयुक्त हावा र मार्गदर्शनका लागि बत्ती (लाइट) पठाइएको छ। भित्र रहेका श्रमिक सुरक्षित अवस्थामा रहेको अनुमान गरिएको छ।

अविरल वर्षा र नदीको सतह बढेका कारण बीचमा केही समय उद्धार कार्य रोकिए पनि अहिले पुनः द्रुत गतिमा काम सुरु गरिएको छ। आइतबार बिहानदेखि थप प्वाल बनाउने र त्यसलाई ठूलो बनाएर मानिस प्रवेश गर्न सक्ने गरी उद्धार टोलीलाई भित्र पठाउने तयारी भइरहेको छ।

अहिले आयोजनास्थलमा प्राविधिक टोलीले थप ड्रिलिङ कार्य निरन्तर जारी राखेको छ।

तपाईको प्रतिक्रिया