आज कुकुर तिहार अर्थात नरक चतुर्दशी
काठमाडौँ / तिहारको दाेस्राे दिन आज घरघरमा भक्तिभावका साथ कुकुरलाई पूजा गरी मीठा खानेकुरा खुवाइँदै कुकुर तिहार मनाइँदैछ। यमपञ्चक अर्थात् दीपावलीको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. डा. देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्य...







