पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल
भोजपुर । भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ ।
कोशी प्रदेश सरकारले रु २१ करोड २३ लाख १२ हजार लागतमा कालिका–प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो । सुरुमा दुवैतर्फ पिलर निर्माण सुरु भए पनि कामले निरन्तरता नपाएर अधुरै छाडि...









