सप्तरीमा क्रूर घरेलु हिंसा, श्रीमतीको खुट्टा भाँच्ने व्यक्ति नियन्त्रणमा
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ५ छपकीका नुर महम्मद मियाँ श्रीमतीमाथि कुटपिट गरी अंगभंग गरेको आरोपमा पक्राउ परेका छन् ।
२०८२ चैत २० गते श्रीमती मैमुल खातुनलाई खान बस्न समेत नदिई कुटपिट गरी दुवै खुट्टाको हड्डी भाँचिदिएको पीडितले दिएको जाहेरीका आधारमा मियाँलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका मियाँविरुद्ध कुटपिट तथा अंगभंग स...









