त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर सार्वजनिक

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर सार्वजनिक
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि शुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहका चार वटा सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको हो । ‘शैक्षिक क्यालेण्डर’मा भर्ना, प्रवेश परीक्षा, कक्षा सञ्चालन, परीक्षा फारम, परीक्षा, नतिजा प्रकाशन लगायतको सम...

अर्जुनधारा नगरपालिकाको ३ करोड ५० लाख बजेट कटौती

अर्जुनधारा नगरपालिकाको ३ करोड ५० लाख बजेट कटौती
बिर्तामोड, कात्तिक १२ । जेनजीका नाममा भएको विध्वंसपछि अर्जुनधारा नगरपालिकाले बुधवार विशेष नगर सभाको अधिवेशन सम्पन्न गरेको छ । आन्दोलनमा नगरको ठुलो भौतिक क्षति भएपछि नगरपालिकाले विशेष अधिवेशन गरेर वार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नका लागि नगर सभाको विशेष अधिवेशन आह्वान गरेको हो । नगरपालिकाले ३ करोड ५० लाख ३७ हजार ३४३ बराबरको रकम संशोधन गरेको जनाएको छ । नगरपालिका र विषयगत शाखाबाट २ कर...

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा चाप बढ्यो

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा चाप बढ्यो
सोलुखुम्बु — तिहार र छठ पर्वको लामो बिदा सकिएसँगै सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ। सदरमुकाम सल्लेरीस्थित प्रशासन कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि बिहानैदेखि सेवाग्राहीको लामो लाइन देखिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाका अनुसार आज मात्रै वंशानुगत नागरिकता ३१ जनालाई वितरण गरिएको छ, जसमा १२ महिला र १९ पुरु...

मेरिङदेन कपको उपाधि साथिभाई युवा क्लब फुङलिङलाई

मेरिङदेन कपको उपाधि साथिभाई युवा क्लब फुङलिङलाई
ताप्लेजुङ, कात्तिक १३ गते — पाँचौं अन्तर जिल्लास्तरीय आमन्त्रित मेरिङ्देन कप पुरुष फुटबल प्रतियोगिताको उपाधि फुङ्लिङस्थित साथीभाइ युथ क्लबले हात पारेको छ। बुधबार सम्पन्न फाइनल खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै साथीभाइले विजेता बन्न सफल भएको हो। मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा भएको रोमाञ्चक फाइनल खेलमा निर्धारित समयसम्म दुवै टोलीले एक...

आज देखी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना

आज देखी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना
काठमाडौँ, कात्तिक १२ गते। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशका उच्चप...

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ । पुल नबन्दा सिरहा र धनुषावासी नदी तर्नका लागि स्थानीय युवाको सक्रियतामा बनाइएको कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन् । यही काठेपुल तरेबापत स्थानीयले प्रतिव्यक्ति रु २० शुल्क तिर्नुपरेको छ । विगतमा रु एक सयसम्म शुल्क लिने गरेकामा पछि सिरहा नगरपालिकाको समन्वयमा रु २० कायम ...

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो
झापा– अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्च बिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलैँची अधिकतम एक लाख रुपैयाँमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए । व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य आज एक लाख रुपैयाँ प्रतिमन कायम भएको हो भने चालू अलैँची ९७ हजार रुपैयाँ प्रतिमन...

इलामका बाढीपीडितलाई जर्मनीको ६४ लाख सहयोग

इलामका बाढीपीडितलाई जर्मनीको ६४ लाख सहयोग
इलाम । संघीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेका यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । आगामी दुई महिनाभित्रमा बाढी...

विपिनको नामबाट भीमदत्त नगरपालिकाले चोक नामकरण गर्ने, परिवारलाई दुई लाख राहत

विपिनको नामबाट भीमदत्त नगरपालिकाले चोक नामकरण गर्ने, परिवारलाई दुई लाख राहत
महेन्द्रनगर । इजरायलमा हमासको नियन्त्रणमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।मंगलबार नगर प्रमुख पदम बोगटीले किरियामा रहेका विपिनको परिवारलाई भेटेर समवेदनासहित पालिकाबाट दुई लाख रुपैयाँ सहयोग गर्ने बताएका थिए । उनले सो क्रममा विपिनको सम्झनामा चोक बनाउने घोषणा गरे । दुई वर्षअघि लर्न एन्ड अर्न कार्यक्रमका लागि इजरायल गए...

दुर्घटनामा तीनको मृत्यु, चार गम्भीर घाइते

दुर्घटनामा तीनको मृत्यु, चार गम्भीर घाइते
भैरहवा, कात्तिक १२ गते । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख. ७७८२ नम्बरको इभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अनियन्त्रित भई सडक छेउँमा रहेको बाँझीको रुखमा ठोक्किएको थियो । दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र ...