आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १६ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएका काम दोहोर्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्यका साथ काममा जुट्नुभयो भने सामान्य लाभ भइरहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त ...








