ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न सात विदेशी महिला पक्राउ
काठमाडौं।नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठम...









