विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका(१ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो । गोली के कारणले चलेको भन्नेबारे नखुलेको उहाँले बताउनुभयो । ‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले भन्नुभयो ।

एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काले बताउनुभयो । उहाँले पनि घटनाको कारणबारे बुझ्ने काम भइरहेको बताए । स्थानीयहरूले गोली चलेको खबर गरेपछि प्रहरी त्यसतर्फ गएको हो । थप विवरण आउन बाकीँ छ ।

तपाईको प्रतिक्रिया