‘चुनावी सेरोफेरो’ माथि विराटनगरमा बहस : राजनीतिक विकृति, समाज र जनचेतनाको तीक्ष्ण दस्तावेज
विराटनगर । समकालीन राजनीति, चुनावी संस्कार र सामाजिक यथार्थलाई केन्द्रमा राखेर लेखिएको साहित्यकार महेन्द्र न्यौपाने को लघुकथासंग्रह ‘चुनावी सेरोफेरो’ माथि विराटनगरमा सशक्त साहित्यिक विमर्श सम्पन्न भएको छ ।
नेपाली लेखक संघ कोशी प्रदेश समितिको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, राजनीति र समाजबीचको अन्तर्सम्बन्धलाई गम्भीर रूपमा केलाउँदै वक्ताहरूले संग्रहलाई वर्तमान चुनावी संस्कृतिको यथार्थ चित्...








