मेष राशि
विदेश यात्रा वा वैदेशिक कार्यबाट सकारात्मक परिणाम मिल्ने सम्भावना छ । आर्थिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छन् । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस् । बोलीमा प्रभाव रहनेछ, तर आवेगमा आएर बोल्दा समस्या उत्पन्न हुन सक्छ । नयाँ काममा सामान्य अवरोध आए पनि साथीभाइको सहयोगले सहजता मिल्नेछ । विद्यार्थीका लागि अध्ययनमा ध्यान केन्द्रित गर्ने समय छ ।

वृष राशि
वरिष्ठ तथा अनुभवी व्यक्तिको सुझावलाई आत्मसात् गर्दै अघि बढ्दा काममा सफलता मिल्नेछ । साथी तथा सहकर्मीको सहयोगले रोकिएका काम अघि बढ्न सक्छन् । अध्ययनमा राम्रो प्रगति हुनेछ । सामाजिक गतिविधिमा सक्रिय हुँदा सम्मान र प्रतिष्ठा बढ्ने सम्भावना छ । साताको उत्तरार्धमा मानसिक रूपमा शान्ति र सन्तुष्टि मिल्नेछ । व्यवसायमा लाभको अवसर देखिन्छ, तर केही व्यक्तिसँग सामान्य मतभेद हुन सक्छ ।

मिथुन राशि
नयाँ सवारी साधन खरिद वा प्राप्तिको सम्भावना छ । वैदेशिक रोजगारी तथा विदेशसँग सम्बन्धित काममा सकारात्मक परिणाम मिल्न सक्छ । विगतमा गरेका प्रयासले अपेक्षित उपलब्धि दिलाउनेछन् । धातुजन्य व्यवसाय वा काममा नयाँ अवसर प्राप्त हुन सक्छ । महत्वपूर्ण निर्णय लिनुअघि केही समय पर्खनु राम्रो हुनेछ । साताको अन्त्यतिर आर्थिक समस्याको समाधानतर्फ बाटो खुल्नेछ ।

कर्कट राशि
उच्च पदस्थ तथा प्रभावशाली व्यक्तिसँगको भेटघाटबाट लाभ मिल्न सक्छ । यद्यपि केही व्यक्तिसँग विचार नमिल्ने अवस्था आउन सक्छ । सामाजिक प्रतिष्ठा तथा जिम्मेवारी बढ्ने सम्भावना छ । नयाँ काम सुरु गर्ने वा जिम्मेवारी पूरा गर्ने अवसर मिल्नेछ । विद्यार्थीका लागि अध्ययन तथा लेखनमा प्रगति हुने समय छ । साताको अन्त्यतिर सामाजिक सक्रियता बढ्नेछ । व्यवसायमा पनि लाभको सम्भावना देखिन्छ ।

सिंह राशि
शिक्षा तथा अध्ययनको क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । घर जग्गा र सम्पत्तिसम्बन्धी काममा सुधार आउनेछ । वरपरका व्यक्तिसँग सामान्य मतभेद भएपनि महत्वपूर्ण काम पूरा गर्न सकिनेछ । स्थानान्तरणसम्बन्धी काममा ढिलाइ हुन सक्ने भएकाले हालको जिम्मेवारीलाई निरन्तरता दिनु उचित हुनेछ । राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने सम्भावना छ । लेखन र सिर्जनात्मक कामबाट सम्मान वा पदोन्नतिको अवसर मिल्न सक्छ ।

कन्या राशि
जग्गा जमिन तथा सम्पत्तिसम्बन्धी कारोबारबाट लाभ मिल्ने सम्भावना छ । साझेदारीमा काम गर्दा सम्झौता र आर्थिक पक्षमा विशेष सावधानी अपनाउनुहोस् । नयाँ क्षेत्रमा काम गर्दा चुनौती तथा मानसिक दबाब आउन सक्छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सामाजिक मान सम्मान बढ्नेछ । पारिवारिक सम्बन्धमा आत्मीयता कायम रहनेछ र परिवारसँगको समयले मन प्रसन्न बनाउनेछ ।

तुला राशि
महत्वपूर्ण तथा ठूला कामप्रति रुचि बढ्नेछ । कुनै पनि निर्णय हतारमा नगरी पर्याप्त विचार गरेर अघि बढ्नु लाभदायी हुनेछ । पुराना मित्र वा परिचितको माध्यमबाट आर्थिक लाभ मिल्न सक्छ । सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु आवश्यक छ । दाजुभाइ तथा नजिकका व्यक्तिसँगको सम्बन्धमा सुधार आउनेछ । अध्ययन र व्यवसाय दुवै क्षेत्रमा प्रगतिको सम्भावना छ । साताको अन्त्यतिर आत्मविश्वास र उत्साह बढ्नेछ ।

वृश्चिक राशि
जग्गा जमिनसम्बन्धी कामका लागि समय अनुकूल रहनेछ । अध्ययन तथा अध्यापनमा राम्रो प्रगति हुनेछ । जलसम्बन्धी व्यवसाय तथा लगानीबाट लाभ प्राप्त हुन सक्छ । धातु उद्योग वा व्यापार सुरु गर्न चाहनेका लागि पनि अवसर देखिन्छ । सहकर्मी र साथीभाइबाट आवश्यक सहयोग प्राप्त हुनेछ । साताको उत्तरार्धमा आर्थिक लाभसँगै पारिवारिक सुख मिल्ने सम्भावना छ । धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति रुचि बढ्नेछ ।

धनु राशि
सामाजिक प्रतिष्ठा तथा जिम्मेवारी बढ्ने संकेत छन् । घरका लागि नयाँ वस्तु खरिद गर्ने वा शुभ कार्यको सुरुवात गर्ने अवसर मिल्न सक्छ । साथीभाइसँग रमाइलो भेटघाट तथा छोटो यात्राको योग छ । साताको अन्त्यतिर खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस् । दाजुभाइ तथा इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ । नयाँ रोजगारी वा वैदेशिक अवसरको सम्भावना देखिन्छ । कार्य क्षेत्रमा क्रमिक प्रगति हुनेछ ।

मकर राशि
कार्य क्षेत्रबाट आम्दानी बढ्ने सम्भावना छ । वैदेशिक यात्रासम्बन्धी योजनामा सामान्य ढिलाइ हुन सक्छ । साझेदारीमा सञ्चालन गरिएको व्यवसायबाट लाभ मिल्नेछ । सहकर्मी तथा सहयोगीबाट सकारात्मक साथ प्राप्त हुनेछ । अध्ययन र अध्यापनका क्षेत्रमा सफलता मिल्नेछ । केही व्यावसायिक तथा कार्यगत चुनौती आएपनि त्यसलाई व्यवस्थापन गर्न सकिनेछ । साताको अन्त्यतिर सामाजिक गतिविधिमा संलग्नता बढ्नेछ ।

कुम्भ राशि
अध्ययनप्रति रुचि र एकाग्रता बढ्नेछ । सहयोगी तथा साथीभाइको साथले काम सहज बन्नेछ । आम्दानीमा सामान्य अवरोध आएपनि पारिवारिक भ्रमण तथा भेटघाटले मन प्रसन्न बनाउनेछ । वैदेशिक रोजगारीका नयाँ अवसर प्राप्त हुन सक्छन् । आर्थिक चुनौती आए पनि त्यसको समाधान खोज्न सकिनेछ । पहिले सुरु गरेका कामलाई निरन्तरता दिनु लाभदायी हुनेछ । अनावश्यक तथा विलासी खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ । मित्रहरूको सहयोगबाट महत्वपूर्ण काम अघि बढ्न सक्छ ।

मीन राशि
कार्य क्षेत्रमा सुधारसँगै प्रगतिको अवसर प्राप्त हुनेछ । राजनीतिक, सामाजिक वा सार्वजनिक भ्रमणका लागि समय अनुकूल रहनेछ । विद्यार्थीका लागि अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त गर्ने सम्भावना छ । नयाँ काम थाल्दा पर्याप्त तयारी र सोचविचार आवश्यक हुनेछ । जग्गा जमिनसम्बन्धी कारोबारबाट लाभ मिल्न सक्छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ । साताको अन्त्यतिर सामाजिक कार्यमा सक्रियता बढ्ने संकेत छन् ।

तपाईको प्रतिक्रिया