तस्करीमा प्रयोग भएको बससहित ७ लाखका सामान बरामद
चन्द्रौटा। कपिलवस्तुमा तस्करीमा प्रयोग भएको बससहित करिब ७ लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं। २८ गण हेडक्वार्टर कपिलवस्तु तथा मातहतका इकाइले राजस्व छली ल्याएको लत्ताकपडा, किराना सामान, मोबाइल पाट्र्स, कवाड, खाद्यान्न, सुर्तिजन्य पदार्थ तथा पेय पदार्थ बरामद गरेको हो ।
बरामद सामान, ढुवानीमा प्रयोग भएको एक बस र एक मोटरसाइकलसहितको कुल मूल्य १५ लाख ५३ हजा...









