विराटनगर ढुवानी व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न

विराटनगर ढुवानी व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न
विराटनगर, १७ जेष्ठ । विराटनगर ढुवानी व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मोरङको मिक्लाजुङ १ स्थित रमिते डाँडामा भएको साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष सुशीलकुमार जोशीले ढुवानी व्यवशायीलाई एकढिक्का बनाउन १७ बर्ष अघि संस्था स्थापना गर्दाको क्षण आज गर्व गर्न लायक बनेको अनुभव सुनाउनुभयो । उहाँले अहिले पनि राज्यले ढुवानी व्यवशायलाई हेर्ने नजरमा प...

सशस्त्रका जवानसहित २ जना बेपत्ता

सशस्त्रका जवानसहित २ जना बेपत्ता
डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार अस्ता शुक्रवार...

नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति

नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति
काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्तामार्फत समाधान हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई अधिकारिक कूटनीतिक नोट पठाएकाे र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो । यस्तै जवाफ दिने क्रममा प्रधानम...

सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री शाह

सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री शाह
काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न आन्दोलन, प्रदर्शन तथा दमनसँग सम्बन्धित घटनामा नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदनहरूको समग्र अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राख्नुभएकाे प्रश्नकाे जवाफमा उहाँले भदाै २३ र २४ गतेकाे घटनासँग सम्बन्धित मानव अधिकार आयोगको प्रतिवेदन...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
काठमाडौँ, जेठ १७ गते । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक सुकुमबासीलाई नेपाल सरकारले जग्गाको व्यवस्थापन गर्ने स्पष्ट गर्नुभएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले काठमाडौँ उपत्यकामा रहेको खोला किनारामा जोखिमपूर्ण अवस्थामा बसिरहेका नागरिकलाई अर्को ठाउँमा सार्ने काम गरिएको र आफू स्थानीय ...

जडिबुटी संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनमा जौटार सामुदायिक वन

जडिबुटी संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनमा जौटार सामुदायिक वन
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ३ स्थित जौटार सामुदायिक वन पछिल्लो समय जडिबुटी संरक्षण, जैविक विविधता प्रवर्द्धन र पर्यापर्यटनको नयाँ केन्द्रका रूपमा विकास हुँदैगएको छ । वनभोज र प्राकृतिक सौन्दर्यका लागि परिचित यो वन अब औषधिय गुण भएका वनस्पतिको 'जिन बैंक' तथा इको-जोनका रूपमा स्थापित गर्ने योजना अघि बढाइएको छ । उपभोक्ताद्वारा संरक्षित जौटार वनको हरियालीभित्र अहिले पदमचाल, चिराइतो, तेजपात,...

सुक्खा पहिरोले शुक्रबारदेखि खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध

सुक्खा पहिरोले शुक्रबारदेखि खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध
खाँदबारी- सङ्खुवासभाको भोटखोला गाउँपालिका- ४ सिरेकस्थित कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेपछि उक्त सडकखण्डमा यातायात सेवा ठप्प भएको हो । पहिरोले करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेसँगै उक्त मार्ग हुँदै आवतजावत गरिरहेका ...

मधुमल्लाको सोहेन होटलमा मध्यराति प्रहरीको छापा, दुई महिला उद्धार गरी सेफ हाउस पठाइयो

मधुमल्लाको सोहेन होटलमा मध्यराति प्रहरीको छापा, दुई महिला उद्धार गरी सेफ हाउस पठाइयो
उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला बजारस्थित सोहेन होटल एण्ड लजमा अनैतिक गतिविधि सञ्चालन भइरहेको भन्ने विशेष सूचनापछि प्रहरीले मध्यराति छापा मार्दा दुई महिलाको उद्धार गरेको छ। मिति २०८३ जेठ १६ गते राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय उर्लाबारिकि प्रहरी निरीक्षक नवीन वलीको कमाण्डमा ७ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले होटलमा जाँच तथा खानतलासी गर्ने क्रममा ...

अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौंमा

अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौंमा
काठमाडौं– अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आएकी हुन् । अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छन् । वालेन्द्र शाह नेतृत्वकाे वर्तमान सरकार गठन भएपछि अमेरिकाबाट भएकाे यो उच्...

प्रचण्डको स्थास्थ्य सुधारोन्मुख

प्रचण्डको स्थास्थ्य सुधारोन्मुख
काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । परिवारका सदस्य र पार्टीका नेताहरुलाई चिकित्सकले सुधार निरन्तर जारी रहे भोलि नै डिस्चार्ज हुने संभावना रहेको जानकारी दिएका छन् । उनलाई केही दिनदेखि ज्वरो आएको थियो । स्वास्थ्य परीक्षणका क्रममा ‘माइल्ड निमोनिया’ देखिएको भन्दै चिकित...