कोशी अस्पतालको शौचालयबाट फरार थुनुवा २ महिनापछि पक्राउ
विराटनगर / कोशी अस्पतालको शौचालयबाट भागेका एक थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् । मोरङको कटहरी–१ का २० वर्षीय मोहम्मद राजु शुक्रबार बिहानका राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी निमित्त प्रमुख डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । राजु चोरी मुद्दाका अभियुक्त हुन् ।
जिल्ला अदालत मोरङबाट पुर्पक्षका लागि थुनामा पठाइएका राजुलाई पेट दुखेपछि असोज १२ गते उपचारका लागि कोशी अस्पत...









