तस्करीसँग मिलेमतोको आरोपमा सशस्त्रका एक दर्जन सुरक्षाकर्मीलाई ७ वर्ष सीमा नखटाइने

तस्करीसँग मिलेमतोको आरोपमा सशस्त्रका एक दर्जन सुरक्षाकर्मीलाई ७ वर्ष सीमा नखटाइने
काठमाडौं । तस्करीसँग मिलेमतो गरेको आरोपमा छानबिनमा परेका सशस्त्र प्रहरीका एक दर्जनभन्दा बढी सुरक्षाकर्मीलाई सात वर्षसम्म सीमा क्षेत्रमा नखटाउने निर्णय गरिएको छ। पूर्वी नाका काँकडभिट्टा, सुनसरी र मोरङमा तस्करसँग साँठगाँठ गरेको आशंकामा दुई एसपीसहित १८ जनामाथि सशस्त्र प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो। छानबिनपछि केहीलाई निलम्बन गरिएको छ भने केहीलाई जिम्मेवारीविहीन बनाइएको छ। छानबिनका...

सुर्खेतमा शिक्षा संवादः व्यवहारिक शिक्षामा जोड दिन सुझाव

सुर्खेतमा शिक्षा संवादः व्यवहारिक शिक्षामा जोड दिन सुझाव
सुर्खेत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शिक्षा ऐन निर्माणका लागि सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा संवादअन्तर्गत बिहीबार सुर्खेतमा सरोकारवालासँग छलफल गरेको छ । छलफलमा करिब २ सय ७५ शिक्षक, विद्यालय कर्मचारी, व्यवस्थापन समिति, निजी विद्यालय, स्थानीय तहका शिक्षा प्रमुख, जनप्रतिनिधि तथा शिक्षक संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । सहभागीहरूले शिक्षक तथा विद्यालय कर्मचारीको सेवा...

आज अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइदै
काठमाडौँ । आतंकवादी घटनाबाट ज्यान गुमाएका तथा प्रभावित भएका व्यक्तिको सम्झना र सम्मानमा हरेक वर्ष अगस्ट २१ मा अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् २०१७ मा यो दिवस मनाउने निर्णय गरेको हो । आतंकवादी घटनापछि पीडितले शारीरिक, मानसिक, सामाजिक र आर्थिक समस्यासँग लामो समय संघर्ष गर्नुपर्ने भएकाले उनीहरूको अधिकार संरक्षण र आवश्यक सहयोगमा जोड दिइँदै आएक...

संघीय संसदका दुई समितिको बैठक बस्दै

संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ भने संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जनाएको छ । बैठकमा अर्थमन्त्री, सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई समेत बोल...

आजको राशिफलः बिसं २०८३ भदौं ५ गते शुक्रवार

आजको राशिफलः बिसं २०८३ भदौं ५ गते शुक्रवार
आजको राशिफलः बिसं २०८३ भदौं ५ गते शुक्रवार, ईसं २०२६ अगस्त २१, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलाथ्व नवमी, श्रावण शुक्ल पक्ष, श्रावण शुक्ल नवमी, नक्षत्रः अनुराधा, चन्द्रमा बृश्चिक राशीमा, सुर्य सिंह राशीमा, योगः ऐन्द्र, करणः बालव । आज नेपालमा सुर्योदय बिहान ५ः३८ मिनेटमा र सूर्यास्त साँझ ०६ः३४ मिनेटमा हुनेछ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तुलसीको पात च...

राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड

राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च तथा वैदेशिक सहायताको परिचालन पारदर्शी बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका पुनले राज्यको खर्चबारे जानकारी पाउनु नागरिकको लोकतान्त्रिक अधिकार भएको बताउनुभयो । उहाँले राज्यको खर्च पारदर्शी बनाउने प्रमु...

आईजीपी बिरूद्द फेरि खनिए सांसद खगेन्द्र सुनार

आईजीपी बिरूद्द फेरि खनिए सांसद खगेन्द्र सुनार
काठमाडौं, ४ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका  सांसद खगेन्द्र सुनार पुन: प्रहरी महानिरिक्षक दानबहादुर कार्कीबिरूद्द खनिएका छन् ।   सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने भन्दै प्रहरी मुख्यालय निश्चित बिचौलियाको घेरामा रहेको पनि बताए । ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु. नौ हजार ३०० र चाँदीको मूल्य रु. २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ । हिजो छापावाल सुन प्रतितोला रु. तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु. चार हजार...

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार
राँझा (बाँके) । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिइन् । उनका अनुसार अहिले बाँकेमा छ हजार ३५२ हेक्टर जमिनमा वार्षिक करिब १३ मेट्रिकटन सागसब्जी उत्...

जमलको टप दरबार रोधीमा तीन दिने लोकदोहोरी मेला

जमलको टप दरबार रोधीमा तीन दिने लोकदोहोरी मेला
काठमाडौं - काठमाडौंको जमलस्थित टप दरबार रोधी क्लबले आफ्नो औपचारिक उद्घाटनको अवसरमा तीनदिने ‘लोकदोहोरी मेला’ आयोजना गर्ने भएको छ। भदौ ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने मेलामा नेपाली लोक तथा दोहोरी क्षेत्रका दुई दर्जनभन्दा बढी चर्चित कलाकारको विशेष प्रस्तुति रहने भएको छ। टप दरबार रोधी क्लबले सोमबार साँझ रोधी क्लबमै आयोजना गरेको पत्रकार भेटघाटमा मेलाको तयारी र कार्यक्रमबारे जानकारी दिएको हो। नेपाल...