आज दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइदै
काठमाडौँ । हरेक वर्ष अगस्ट २३ मा दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । दास व्यापारका कारण मानव समाजले भोग्नुपरेको पीडा र त्यसविरुद्ध भएका संघर्षलाई स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ ।
सन् १७९१ अगस्ट २२ देखि २३ सम्मको रात हालको हाइटी गणतन्त्रमा पर्ने सेन्ट डोमिङ्गोमा भएको विद्रोहको सुरुवातले अन्तरमहादेशीय दास व्यापार अन्त्य गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेको...









