इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
इटहरी,भाद्र ७ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ इटहरीस्थित रामादिन होटलमा सम्पन्न भएको छ । ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जन ले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो ...

सप्तरीमा दुई वर्षीया बालिका मृत फेला, बारामा सकुशल भेटिइन्

सप्तरीमा दुई वर्षीया बालिका मृत फेला, बारामा सकुशल भेटिइन्
सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका घरनजिकै मृत फेला परेकी छन्। आइतबार बिहान पौने ११ बजेतिर बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले जानकारी दिए। उनका अनुसार बिहान पौने ९ बजेसम्म बालिका घरमै थिइन्। त्यसपछि घरमा नभेटिएपछि खोजी गर्दा घर पछाडिको झाडीमा उनको शव फेला परेको हो। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ। प्रारम्भिक रूप...

काठमाडौँका छात्रावासलाई प्रशासनको चेतावनी, मापदण्ड कार्यान्वयन गर्न आग्रह

काठमाडौँका छात्रावासलाई प्रशासनको चेतावनी, मापदण्ड कार्यान्वयन गर्न आग्रह
काठमाडौँ, भदौ ७ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी रूपमा सञ्चालनमा रहेका छात्रावास (होस्टेल) हरूलाई एक महिनाभित्र सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। कार्यालयले जारी गरेको सूचनामा काठमाडौँ जिल्लाभित्र सञ्चालित छात्रावासबारे विभिन्न प्रकारका गुनासा प्राप्त भएकाले नियमित तथा आकस्मिक अनुगमनलाई तीव्र बनाइएको जनाएको छ। अनुगमनका क्रममा मापदण्ड उल्लंघन गर्न...

सामुदायिक वनबाट सत्र करोड आम्दानी

सामुदायिक वनबाट सत्र करोड आम्दानी
तनहुँ, भदौ ७ गते । तनहुँका सामुदायिक वन वनपैदावारको समुचित सदुपयोग र बिक्रीवितरण गरी उल्लेख्य आर्थिक आम्दानी गर्न सफल भएका छन् । ‘हरियो वन नेपालको धन’ भन्ने मूल मर्मलाई व्यवहारमा उतार्दै यहाँका वन उपभोक्ता समूहले काठदाउरा बिक्रीबाट स्थानीय विकासका साथै राज्यको ढुकुटीमा समेत महìवपूर्ण योगदान पु-याएका छन् । डिभिजन वन कार्यालय तनहुँले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा तनहुँका सामुदायि...

कलैयाबाट हराएकी दुई बर्षिय बालिका करिब १२ घण्टापछि सकुशल फेला

कलैयाबाट हराएकी दुई बर्षिय बालिका करिब १२ घण्टापछि सकुशल फेला
बारा । बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि सम्पर्कविहीन भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन् । मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया उपमहानगरपालिका–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा करिब १२ घण्टापछि स्थानीय एक महिलाले फेला पारेकी हुन् । बालिका हराएको सूचना पाएपछि प्रहरीले कुकुरसहित लिएर खोजी अभियान तीव्र बनाएको थियो ...

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति
एसके कर्ण  जनकपुरधाम, ७ भदौं ।महोत्तरीको जलेश्वरमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा व्यवस्थापन बारे समन्वयात्मक बैठक सम्पन्न भएको छ ।  बैठकमा सहभागी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दुवै देशका सुरक्षाकर्मीहरुले गर्दै आइरहेको संयुक्त गस्तीका क्षेत्रहरु बढाउँदै सीमा अपराध नियन्त्रण लागि घटनाहरुको एक आपसलाई जानकारी साझा गर्ने विषयमा सहमति भएको छ ।  शनि...

स्वास्थ्य शिविरबाट ११३ जना लाभान्वित, १३ जनालाई वेल्डिङ तालिम

स्वास्थ्य शिविरबाट ११३ जना लाभान्वित, १३ जनालाई वेल्डिङ तालिम
मोरङ । सशस्त्र प्रहरी बल, नेपालले मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित नगर अस्पताल परिसरमा स्थानीय बासिन्दालाई लक्षित गरी स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी, मोरङ र एपीएफ फिल्ड अस्पताल पकली, सुनसरीको आयोजना तथा बुढीगंगा गाउँपालिका–३ स्थित नगर अस्पतालको सहकार्यमा शनिबार आयोजित शिविरमा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्...

पूर्वी नाकाबाट एक वर्षमा भित्रियो साढे १४ करोडको गोलभेँडा, अष्ट्रेलियाबाट भित्रियो ११ करोडको मास

पूर्वी नाकाबाट एक वर्षमा भित्रियो साढे १४ करोडको गोलभेँडा, अष्ट्रेलियाबाट भित्रियो ११ करोडको मास
झापा। पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो। आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको...

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि ३ बुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि ३ बुँदे प्रतिबद्धता
काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबिच तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबिच सहमति भएको हो । सहमतिअनुसार जघन्य आपराधिक घटनामा ना...

लघुवित्तको पुनर्संरचना र दिगोपनामा जोड: नीतिगत अस्पष्टता र सञ्चारको कमीले जोखिम बढेको निष्कर्ष

लघुवित्तको पुनर्संरचना र दिगोपनामा जोड: नीतिगत अस्पष्टता र सञ्चारको कमीले जोखिम बढेको निष्कर्ष
काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू सम्बोधन गर्दै यसको मूल उद्देश्य (उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकास) बमोजिम पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नीति रिसर्च प्रालिले नेपाल लघुवित्त बैंकर्स संघसँगको सहकार्यमा शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘लघुवित्त क्षेत्रको पुनसंरचना: नीति चुनौती र समाधान’ विषयक विचार गोष्ठीका वक्ताहरूले लघुवित्त...